चालू आर्थिक वर्षको पाँच महिनामा तीन लाख २५ हजार ८०९ जना श्रमिक बिदेसिए

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पाँच महिनामा तीन लाख २५ हजार ८०९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये एक लाख ९० हजार ३८४ जनाले नयाँ श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जना वैदेशिक रोजगारीमा गएका छन् । 

यो संख्या गत आवको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा दुई लाख ७४ हजार ५१७ जना वैदेशिक रोजगारीमा गएका थिए । 

सुझावित समाचार