अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ। अख्तियारमा परेका मुद्दाको छानबिन गर्न टोली साँझ अस्पतालमा पुगेर कर्मचारीहरुसँग सम्बन्धित विषयमा जानकारी लिएको हो।
अस्पतालका विभिन्न कार्यक्रमबारे परेको उजुरीका सन्दर्भमा छानबिनका लागि अख्तियारको टोली अस्पतालमा पुगेको अख्तियारका एक कर्मचारीले जानकारी दिए। अख्तियारको टोली मंगलबार साँझ कर्मचारीहरूसँग जानकारी लिएपश्चात् फेरि भोलि बिहान आउने गरी फर्किएकाे छ।
अख्तियारको टोली अस्पतालपरिसरमा अनुगमन गरिरहँदा फोटो खिचेका सञ्चारकर्मीहरूलाई फोटो डिलिट गर्न दबाब दिएका थिए ।