निजगढ नगरपालिकाले विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिकाले एन्फा एकेडेमीका फुटबल प्रशिक्षार्थी विकल रेग्मीको सम्झनामा विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

निजगढ नगरपालिकामा मंगलबार बसेको नगर खेलकुद विकास समितिको बैठकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलाको पहिरोमा परी ज्यान गुमाएका प्रशिक्षार्थी निजगढ नगरपालिका– ८ का रेग्मीको सम्झनामा प्रत्येक वर्ष विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

‘विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठुलो क्षति व्यहोरेको छ। नगर खेलकुद विकास समितिले समेत उनको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ,’ नगरप्रमुख सुरथ पुरीले भने।

इन्द्रसरोवर– ४ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले सञ्चालन गरेको आवासीय एकेडेमीका प्रशिक्षार्थी खेलाडी विकलको पहिरोमा परी ज्यान गएको थियो। उनी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा हुन्।

सुझावित समाचार