एनपिएलमा कुन खेलाडीले के जिते ?

शनिबार, ६ पुष, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन्। नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो।

शनिबार टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेको थियो। उपाधि जित्न नसके पनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन्।

यता जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशीले बाइक पाएका छन्। प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन्।

प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरू मिलन्थाले जितेका छन्। टोलीको जितमा मिलन्था नायक बनेका थिए। उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए। उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए। उनले ५० हजार रुपैयाँ पाए। सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रिचार्ज भौचर जिते।

See More On

सुझावित समाचार