एनपिएलको फाइनल खेल हेर्न समर्थकको भिड (तस्बिरहरू)

शनिबार, ६ पुष, २०८१
डिजिटल संस्करण
एनपिएलको फाइनल खेल हेर्न समर्थकको भिड (तस्बिरहरू)

तस्बिर : दीपेन्द्र ढुंगाना /नयाँ पत्रिका

टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज फाइनल खेल  चलिरहेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ जित आफ्नो पोल्टामा पार्न भिड्दैछन् । 

फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा प्लेकार्डसहित उपस्थित भएका छन् । फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरीहरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदानमा छन्।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतहुलता त छ नै त्यतिकै मात्रामा फाइनल हेर्न दर्शकसमेत उत्साहित देखिन्छन् । प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए । जसमध्ये सुदूरपश्चिम र जनकपुर बोल्टस्‌ले फाइनल यात्रा तय गरेका हुन् ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार