डिजिटल सेफ्टीका लागि टिकटकको सेफ्टी एम्बासडर कार्यक्रम

बुधबार, ३ पुष, २०८१
डिजिटल संस्करण

टिकटकले आफ्नो सेफ्टी एम्बासडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाबारे चेतना जगाउन सेलेब्रिटीहरूले भरिएको एक कार्यक्रमको आयोजना गरेको छ । विश्वव्यापी रूपमा एक अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको टिकटक आफ्ना प्रयोगकर्तालाई सशक्त बनाउन समर्पित मनोरञ्जन प्लेटफर्म हो ।

नयाँ र विविधतायुक्त समुदायका लागि प्रशंसित टिकटक लोकप्रिय हुनुको अर्को कारक भनेको प्रयोगकर्ता र प्लेटफर्म दुवैको सुरक्षामा यसको जोडदार फोकस हो । नेपालमा सेफर टुगेदर अभियान यस प्लेटफर्मका लागि उक्त दिशामा अर्को सकारात्मक कदम भएको कम्पनीको भनाइ छ । 

कार्यक्रममा ओसिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिङ फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रिएटरसहितको प्यानलमा छलफल भएको थियो । उनीहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीलगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षबारे छलफल गरे । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशसमेत पनि दिइएको थियो । 

प्रयोगकर्ताको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटका लागि केन्द्रीकृत स्थान प्रदान गर्छ, जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यसम्बन्धी नवीनतम जानकारी प्रदान गर्छ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्नेबारे स्रोतहरू र पूर्ण गोपनीयता गाइडसहित टिकटकका सुरक्षा सुविधा र उपायबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्छ । 

See More On

सुझावित समाचार