नेपालकाे ऊर्जा विकासमा एडिबीको साझेदारीबारे बुझाउन फोटो प्रदर्शनी

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘ऊर्जा क्षेत्रमा एसियाली विकास बैंक (एडिबी)–नेपाल साझेदारीको पाँच दशक’ विषयक फोटो प्रदर्शनी भइरहेको छ।  महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भएको प्रदर्शनीमा ५० तस्बिरहरु राखिएको छ।

प्रदर्शनी अवलोकन गर्न बिहानैदेखि कलेजका विद्यार्थी, सरकारी तथा नीजि क्षेत्रका कर्मचारी र आम सर्वसाधारणको बाक्लो उपस्थिति छ। मधेस प्रदेशस्तरीय अन्तरबैंक क्रिकेट खेलमा जित हात पारेपछी सिटिजन बैंकका खेलाडीहरु प्रदर्शनी अवलोकन गर्न जर्सिमै आएका थिए।

सिटिजन बैंकका मधेस प्रदेशका सुरेस थपलियाले प्रदर्शनीमा विद्युत विकासका साथै उत्पादन, वितरण र प्रसारणका विभिन्न आयमहरुलाई छोएको भन्दै विधुतीकरणको विकासमा एडिबीको योगदान कति रहेछ भन्ने जान्नका लागि पनि प्रदर्शनी उपयोगी हुने बताए।

प्रदर्शनी अवलोकन गर्न आएकी जनकपुर नर्सिङ कलेजमा अध्ययनरत सिरहा मिर्चैयाकी कुमारी साहले प्रदर्शनी निकै उपयोगी भएको बताइन्। विधुतीकरणको विकास क्रम र यसले ल्याएको परिवर्तन बुझ्न पाएकोमा उनले खुसी  व्यक्त गरिन्।

सुझावित समाचार