आइओएमको डिनमा डा. मोहनराज शर्मा नियुक्त

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) काे डिनमा प्रा.डा मोहनराज शर्मा नियुक्त भएका छन् । त्रिवि कार्यकारी बैठकले प्रा.डा. शर्मालाई चार वर्षका लागि डिनमा नियुक्त गर्ने निर्णय गरेको हो । 

निर्वतमान डिनको कार्यकाल गत साउनमै सकिए पनि आन्तरीक विवादका कारण डिन नियुक्तिमा ढिलाई भइरहेको थियो । डिन नियुक्तिका लागि भइरहेको लामो समयको विवाद पछि नाम सिफारिस गर्न गठित समितिले सिफारिस गरेका तीन जनामध्ये कार्यकारी बैठकले शनिबार प्रा.डा. शर्मालाई डिनमा नियुक्त गरेको हो।

डिनका लागि डा. शर्मासहित प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुधा बस्नेतको नाम सिफारिस गरिएको थियो । नवनियुक्त डिन डा. शर्माले भने, ‘नियुक्तिपत्र लिन अझै बाँकी छ । नियुक्तिपत्र लिएपछि काम अगाडि बढाउने छु ।’ 

निर्वतमान डिन प्रा.डा. दिव्या शाहको कार्यकाल गत असार ३ गते सकिएको थियो । त्यसपश्चात हालसम्म डा.शाहलाई नै डिनको जिम्मेवारी दिइएको थियो ।  

See More On

सुझावित समाचार