आज सुन र चाँदीको मूल्यमा गिरावट

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।  

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।     

सुझावित समाचार