मुग्लिन–पोखरा सडकखण्ड : पश्चिम खण्डमा २ पुससम्म दैनिक १० घण्टा अवरोध हुने

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

स्तरोन्नतिको काम भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड आउँदो २ पुससम्म दैनिक १० घण्टा सवारी सञ्चालन नहुने भएको छ । सडकअन्तर्गत पश्चिम खण्डको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको खण्ड शुक्रबारेदखि २ पुससम्म सवारी सञ्चालन गर्न नदिने भएको हो ।

सडकअन्तर्गत कोत्रेखोलाको पुलमा निर्माण कार्य गर्नुपर्ने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिमलाई मध्यनजर गरी शुक्रबारेदखि २ पुससम्म बिहान आठ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आगमनमा अवरोध हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हो । सो समयमा सवारी आवागमन (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) आंशिक रूपमा प्रभावित हुने भएकाले एकपटकमा बढीमा एक घण्टाका लागि उक्त कार्यका लागि सडक अवरोध हुने प्रहरीले जनाएको छ । 

यसअघि सडकअन्तर्गत पूर्वी खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कनेदेखि देउरालीसम्मको सडक दैनिक चार घण्टा ३० मिनेट बन्द गरिएको थियो । ३ मंसिरदेखि बन्द गरी काम गरिएकोमा २४ मंसिरबाट भने खुलेको छ । राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । पूर्वीखण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटरको क्षेत्रलाई तेकिएको छ । 

सुझावित समाचार