घुस मुद्दामा असइलाई सफाइ दिने विशेषको अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

रंगेहात घुस मुद्दाका आरोपीलाई बिशेष अदालतले सफाइ दिएपछि   अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेफैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

    अनुसार प्रहरी चौकी खडैया बाँकेका तत्कालिन इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असइ) गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो । सो सफाइप्रति आयोगलाई चित्त नबुझेको पुनरावेदनमा जाने निर्णय गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । आयोगले ८ हजार घूससहित उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

    यस्तै, आयोगले घूससहित पक्राउ गरेका प्रतिवादी हरिचन्द्र भुसालसमेतको मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको छ । सो मुद्दामा विशेषले गत जेठ १३ गते फैसला गरेको थियो । प्रतिवादीले गैरकानुनी रूपमा घूस लिने गरेको विषयलाई अदाललते समेत स्वीकार गरी सुमनकान्त ठाकुरसमेतलाई कसुरदार ठहर गरी फैसला गरेको भए पनि हरिचन्द्र भुसाललगायतलाई भने सफाइ दिएको थियो । सफाइ दिँदा लिएको आधारप्रति असन्तुष्टि जनाउँदै आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो। 
 

सुझावित समाचार