ट्रम्प ‘टाइम वर्ष व्यक्ति’ घोषित

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

टाइम म्यागजिनले बिहीबार नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर (वर्ष व्यक्ति)’ घोषित गरेको छ ।

ऐतिहासिक पुनरागमनलाई संगठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न भूमिका खेलेकाले डोनाल्ड ट्रम्पलाई टाइम २०२४–पर्सन अफ द इयर दिइएको हो ।

चुनावी अभियानका क्रममा दुईपटक हत्याको प्रयासबाट बचेका ट्रम्प राष्ट्रपति मात्र चुनिएका छैनन् । केन्द्रका दुवै सदनमा आफ्नो दल रिपब्लिकनलाई बहुमत दिलाउन सफल भएका छन् ।

‘हामीले पपुलिजको उदयले पछिल्लो शताब्दीलाई परिभाषित गर्ने संस्थाहरूप्रति बढ्दो अविश्वास र उदार मूल्य–मान्यताले अधिकांश मानिसको राम्रो जीवनमा नेतृत्व गर्नेछ भन्ने विश्वासलाई बिगार्दै गएको देखिरहेका छौँ । ट्रम्प यी सबैको एजेन्ट र लाभार्थी दुवै हुन्,’ पत्रिकाले एक विज्ञप्तिमा भनेको छ । 

सुझावित समाचार