जनकपुरविरुद्ध काठमाडौंले ब्याटिङ गर्दै

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

अनिलकुमार शाहको कप्तानीमा रहेको जनकपुरले पहिला बलिङ गर्दै छ। दुवै टोलीको प्लेअफ सम्भावना यथावत् रहेको छ।

आज नै भएको पहिलो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा हराउँदै पोखराले एनपिएलमा दोस्रो जित निकालेको छ।

सुझावित समाचार