जाजरकोटमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

जाजरकोटको नलगाड नगरपालिका– ५ कालीमाटीबाट वडा नम्बर– ३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।  

ग.३च ९४४५ नम्बरको जिप गएराति दुर्घटना हुँदा नलगाड नगरपालिका– ३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

घाइतेमध्ये एकजनाको उपचार स्थानीय अस्पतालमा  भइरहेको छ ।     
  
 

सुझावित समाचार