एनपिएल : टस जितेर जनकपुर फिल्डिङ गर्दै

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएल : टस जितेर जनकपुर फिल्डिङ गर्दै

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।

जनकपुर लगातार पाँचौँ जितको लक्ष्यमा छ । टोलीले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई सामान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो ।

सुदूरपश्चिम चौथो जितको खोजीमा छ । यसअघि विराटनगरलाई ९०, काठमाडौं गुर्खाजलाई ७३ र लुम्बिनीलाई ४५ रनले हराएको सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो ।

See More On

सुझावित समाचार