होटेल व्यवसायलाई पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउँदै इसेवा

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले साना तथा मझौला होटेल व्यवसायलाई प्रोत्साहन गर्दै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ । कम्पनी भुक्तानीको माध्यम सँगसँगै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि लोकप्रिय बन्दै गइरहेको बताइएको छ ।

बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरूको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीको दाबी छ । सोही क्रममा इसेवाले इसेवा होटेल्स सेवासमेत थप गरेको जनाएको छ । 

इसेवा होटेल्स एउटा यस्तो डिजिटल सेवा हो, जसको माध्यमबाट प्रयोगकर्ताले सजिलै होटेल बुक गर्न सक्नेछन् । नेपालका ५४ जिल्लाका प्रमुख सहरहरूमा अवस्थित साना, मझौला तथा ठुला होटेलहरू एकै ठाउँबाट सजिलै बुक गर्न सकिने इसेवा होटेल्स हालको समयमा होटेल बुकिङका लागि एकदम लोकप्रिय बन्दै गएको बताइएको छ ।

सहरी क्षेत्रका तारे होटेलदेखि ग्रामीण क्षेत्रका होमस्टेसम्म यसमा समावेश छन् । साना तथा मझौला पर्यटनलाई आर्थिक रूपमा सशक्त बनाउन इसेवा होटेल्सले युएसआइडी ट्रेड एन्ड कम्पिटेटिभनेस्सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटेल वा होमस्टेलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको जनाएको छ ।

See More On

सुझावित समाचार