हुन्डाईको छुट योजना ‘डिसेम्बर डिलाइट’

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

हुन्डाई नेपालले ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको हो । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकले विभिन्न आकर्षक छुट तथा विशेष लाभको फाइदा लिन सक्नेछन् । 

यस अवधिमा ग्राहकले ६ लाख रुपैयाँसम्मको छुट, पाँच लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा शून्य लागत अनरसिप योजना पनि उपलब्ध रहेको छ ।

जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै, तीन वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामग्री तथा विभिन्न वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीको भनाइ छ ।    

ग्राहकको अनुभवलाई विश्वसनीय बनाउन यो अभियानको सञ्चालन गरिएको हुन्डाई नेपालले जनाएको छ । कम्पनीका अनुसार देशभरका सोरुमबाट यस अभियानको फाइदा उठाउन सकिनेछ । 

See More On

सुझावित समाचार