कजारिया टायल्सको ‘मेसन मिट २०२४’

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

कजारिया टायल्सले हालै काठमाडौंमा ‘मेसन मिट २०२४’ सम्पन्न गरेको छ । डेढ सयजनाभन्दा बढी राजमिस्त्री सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकसँग उच्च गुणस्तर र नयाँ प्रविधिका बारेमा गहन छलफल गराइएको थियो ।

मेसन मिटको उद्देश्य राजमिस्त्रीलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाका बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्रान्डको गुणस्तर, नयाँ प्रविधि र मूल्यको समेत जानकारी दिइएको थियो । 

कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हो ।

अर्थतन्त्रलाई मजबुत बनाउन राजमिस्त्रीको उल्लेखनीय भूमिका रहेकाले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रिया कार्यप्रति यस काजरिया रमेश टायल्स सधैँ नै सजक रहेको छ ।  तसर्थ, काठमाडौंपछि यो मेसन मिट छिट्टै नै नेपाल अधिराज्यभरका कम्तीमा पनि १६ ठाउँमा समेत गरिने कम्पनीले जनाएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेड प्रबिन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामग्रीको छनोटका साथसाथै दक्ष जनशक्तिको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।’
 

सुझावित समाचार