टेक्नो बोल्ट्सले जनकपुर बोल्ट्सलाई चीन भ्रमणमा लैजाने भएको छ। एनपिएलअन्तर्गत हालसम्मका चार खेल भएकोमा चारै खेल जित्दै आठ अंकसहित बोल्ट्सले अटल जोस, दृढ संकल्प र अटुट गति देखाएको भन्दै उक्त टिमलाई चीन भ्रमण गराउने घोषणा गरेको हो। आइतबार भएको खेलमा पनि जनकपुर बोल्ट्सले लुम्बिनीलाई एक रनको झिनो अन्तरले हराएको हो।
जनकपुरले दिएको १३७ रन दिएको थियो। तर, लुम्बिानीले २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १३५ रन मात्र बनायो। जनकपुरले नौ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो।
लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा दुई रन आवश्यक थियो। तर, सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनीले हार व्यहोरेको हो।
जनकपुर बोल्ट्स गोल्ड पार्टनर, टेक्नोले जितको उत्साहलाई अझै उच्च बनाउँदै टिमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको छ। टेक्नोले जनकपुर बोल्ट्ससँगै विभिन्न अवरोध सामना गरी अवसरहरूको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।