हेयर प्रोडक्ट ब्रान्ड स्ट्रिक्स प्रोफेसनलले काठमाडौंमा मेगा साे २०२४ को पाँचौँ संस्करणको आयोजना गरेको छ । यसपटक स्ट्रिक्स प्रोफेसनलले आफ्ना नयाँ उत्पादनहरू बजारमा सार्वजनिक गर्नुका साथै साथै कपालको कलात्मक डिजाइनका नयाँ उत्पादनहरू पनि सार्वजनिक गरेको छ ।
मेरियट होटेलमा आयोजित एकदिने मेगा साे २०२४ मा नेपालभरिका सैलुन व्यवसायीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सैलुनिस्टहरूलाई हेयर कट, रंग र नयाँ शैलीमा अन्तर्राष्ट्रिय फेसनको अभ्यासबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलको स्पेक्ट्रम कलेक्सनबाट ६ वटा आकर्षक लुक्सको अनावरण र स्ट्रिक्स प्रोफेसनल अर्गन सिक्रेट्स हाई लिफ्ट सेड्स, ह्युम्याजिक नो अमोनिया हेयर कलर र फंगी कलरजस्ता नयाँ उत्पादनहरूको सार्वजनिक गरिएको थियो ।
स्ट्रिक्स प्रोफेसनलका प्रमुख रोसेल छाबडाले शिक्षामा ब्रान्डको समर्पणमाथि जोड दिएकी थिइन् । स्ट्रिक्स प्रोफेसनलमा हामी शिक्षालाई हाम्रो उद्योगको आधार शिलाको रूपमा हेर्छौँ । मेगा साे हाम्रो प्रमुख कार्यक्रम हो । जुन सैलुन समुदायलाई नवीनतम अन्तर्राष्ट्रिय प्रचलन र उन्नत प्रविधिहरूमाथि गहन प्रशिक्षणको साथ सुसज्जित गर्नमा केन्द्रित छ ।
उनले भनिन्, ‘सैलुन पेसेवरहरू कपालको फेसनमा अग्रपंक्तिमा रहिरहन यी विश्वव्यापी प्रचलनहरूलाई आफ्ना ग्राहकहरूको अद्वितीय आवश्यकताहरूअनुरूप अपनाउनमा सक्षम हुन् साथै हेयर फेसनमा सबैभन्दा अग्रपंक्तिमा रहून् ।’