कर्णाली याक्सका बोसिस्टोको अर्धशतक

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

कर्णाली याक्सका अस्ट्रेलिया खेलाडी विलियम बोसिस्टोले  एनपिएलमा पहिलो अर्धसतक बनाएका छन् । अस्ट्रेलियालाई यु१९ विश्वकपमा उपविजेता बनाएका ३१ वर्षीय दायाँ हाते बोसिस्टोले ३७ बलमा तीन चौका र २ छक्कासहित ५० रन बनाएका हुन् । 

उनी प्रतियोगितामा अर्धसतक बनाउने १४औं खेलाडी बनेको छन् । केही समयअघि मात्रै कर्णालीकै ओपनर देव खनालले अर्धसतक बनाएका थिए । उनी ५३ रन बनाएर आउट भए । दुईबीच १०३ रनको साझेदारी भयो । 

शनिबार कीर्तिपुर मैदानमा टस जितेको कर्णालीले बोसिस्टोको अर्धसतकसँगै १६.३  ओभरमा चार विकेट गुमाउँदै ११४ रन बनाएको छ ।
 

सुझावित समाचार