नेपाल-साउदीबिच मैत्रीपूर्ण सम्बन्ध अझै बलियो हुन्छ : नवनियुक्त राजदूत ढकाल

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल र साउदी अरबबिचको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउने पदवहाली ग्रहण गर्दै नवनियुक्त राजदूत डा. नरेशविक्रम ढकालले बताएका छन । साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रमबिच राजदूत डा. ढकालले पदभार ग्रहण गर्दै नेपाल–साउदी अरबबिचको सम्बन्ध अझै मजबुत बनाउन आफ्नो भूमिका रहने बताएका छन् ।

साउदी अरबमा रहेका नेपाली श्रमिकको हितमा पनि आफूले काम गर्ने भन्दै राजदूत डा. ढकालले श्रमिकको हितको रक्षा मुख्य प्राथमिकताको विषय आफ्नो रहने बताएका छन् ।
नवनियुक्त राजदूत डा. ढकाल गत ३ डिसेम्बरमा साउदी अरब आइपुगेका हुन् ।

साउदी अरबको परराष्ट्र मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उपमन्त्री अब्दुल मजिद अलसमरीसँग भेटघाट गर्दै उनले आफ्नो ओहाेदाको प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेका छन् ।

यसअघि नवनियुक्त राजदूत ढकाललाई रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी, दूतावासका नियोग उपप्रमुख डा. डमरुबल्लभ पौडेल र दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

नवनियुक्त राजदूत डा. ढकाल यसअघि खाडी देश कतारको राजदूतको जिम्मेवारीमा थिए । राजदूत हेरफेरको निर्णय सरकारको गरेपछि डा. ढकालसँगै साउदी अरबका तत्कालीन राजदूत नवराज  सुवेदी नेपाल फर्किएका थिए ।

सुझावित समाचार