प्रधानमन्त्री केपी ओलीले १८ महिनापछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने पुनः दोहोर्याएका छन् । चारदिने औपचारिक भ्रमण सकेर चीनबाट बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सत्तागठबन्धन आगामी निर्वाचनसम्म नटुट्ने प्रस्टीकरण दिएका हुन् ।
चीन भ्रमणमा बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि सर कार लम्बिएको हो भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओ ली उत्साहित भएर जवाफ दिए । ‘ यही प्रश्नको जवाफ कतिपटक दिने ? अब करिब १७–१८ महिनाजति होला मेरो पालो,’ प्रफुल्ल मुद्रामा प्रधानमन्त्री ओलीले जवाफ दिए, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ । त्यसपछि चुनाव गराउनुहन्छ । हाम्रो चुनावसम्मको सम्झौता छ।’ चुनावपछि बहुमत आउने विश्वास दुवै दलमा रहेको भन्दै उनले बहुमत नआए त्यसपछि निर्णय हुने पनि बताए । ‘ चुनावमा हाम्रो बहुमत आउँछ भन्ने विश्वास हरेकलाई छ। हामीले विश्वास गरे जसरी बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरू तरिका होलान्,’ प्रधानमन्त्री ओलीले भने ।
हिमालय एयरलाइन्सको चार्टर उडानबाट काठमाडौैं अवतरण भएलगत्तै अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीका तर्फबाट कामु परराष्ट्रसचिव अमृतबहादुर राईले भ्रमणको उपलब्धि समेटिएको विज्ञप्ति पढे । त्यसपछि प्रधानमन्त्रीले पत्रकारको प्रश्नको जवाफ दिए। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मित्रता प्रगाढ बनाउने गरी कुराकानी भएको बताए। ‘बहुत राम्रो, एकदमै राम्रो कुरा भयो । नेपाल–चीन मित्रताका कुरा भए । मित्रता प्रगाढ बनाउने कुरा भए,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मित्रता कसैको विरुद्ध होइन। हाम्रो मित्रता हाम्रै पक्षमा मात्रै हो भन्ने कुरा पनि भयो । मित्रतालाई अघि बढाउने, त्यसले ज्यादा लाभ नेपाललाई पुर्याउने भन्ने कुरा भयो ।’
‘ऋणको रट’ भन्दै असन्तुष्टि
प्रधानमन्त्री ओलीले ऋण नलिने विषय आफूले भन्दै आएको र चीनमा पनि त्यसबारे छलफल नभएको बताए। ‘अस्ति मैले आमसभादेखि नै ऋण लिन हामी जाँदैनौँ भनेँ । मैले बोलेकै थिएँ,’ उनले सुनाए, ‘चीनमा ऋणसम्बन्धी कुरा पनि चलेन, छलफल पनि भएन । हामीले बिआर आईअन्तर्गत विभिन्न परियोजनाको कुरा ग¥यौँ । हरेक परियोजनाअन्तर्गत पछि छुट्टै सम्झौता र कार्यान्वयनबारे छलफल हुन्छ। अहिले जे प्राप्त गरेका छौँ, यो ऋण होइन।’ उनले ऋणबारे पटकपटक जवाफ दिनुपरेको भन्दै असन्तुष्टि जनाए। ‘ऋण होइन भनेर धेरैपटक भनिएको छ। सधैं ऋण–ऋण ऋणको रट किन ? किन ऋणको सारंगी पटकपटक बजिरहेको छ ?’
प्रधानमन्त्रीले भने, ‘हरेक परियोजना कार्यान्वयनमा बेग्लाबेग्लै सम्झौता हुन्छ।’ प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताए। ‘यसपटक हामीले द्विपक्षीय सहयो गका लागि सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षे त्रका के ही महत्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु,’ उनले भने । प्रधानमन्त्री ओलीले भारत भ्रमणका लागि व्यवस्थापन गर्नुपर्ने पनि बताए । चीन भ्रमणपछि भारत भ्रमण कहिले गर्ने भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा म अहिले फर्किनेबित्तिकै कसरी टुंगो हुन्छ ?