१८ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण
१८ महिनापछि देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको नेतृत्व सुम्पिने बताएका छन्।

चारदिने औपचारिक चीन भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले अब करिब १८ महिना प्रधानमन्त्री बन्ने बताए।

चीन भ्रमणपछि प्रधानमन्त्रीको रूपमा ओलीको कार्यकाल लम्बिएको भन्ने पत्रकारको जिज्ञासामा ओलीले भने, ‘यही प्रश्नको जवाफ कतिपटक दिने! अब करिब-करिब १७–१८ महिना मेरो पालो। त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ। हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ।’

आफूहरूबिच चुनावसम्म सहकार्यको सम्झौता रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चुनावपछि बहुमतको सरकार बन्ने बताए। ‘चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोसिस गरौँला। बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ। विश्वासअनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला, आएन भने अरू तरिका होलान्।’
 

सुझावित समाचार