इतिहासकार पुरुषोत्तमशमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्राेतका अनुसार आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हो ।
उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए। राणाले लेखेका प्रख्यात किताबहरू धेरै छन् । त्यसका केही उदाहणहरूमा श्री ३ हरूको तथ्य वृत्तान्त, कुनेछिपेका प्रतिभाहरू, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरू आदि पर्छन् ।
उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।