नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोटबिच छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा एनआइएमबीका ग्राहकवर्गलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट हुने उल्लेख छ। छुट सुविधा पाउन ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ।
ग्राहक वर्गहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आएको बैंकले जनाएको छ। छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।