जल तथा ऊर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त भएका छन्।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्राविधिकतर्फको सचिवमा बढुवा भएका घिमिरे आयोगको सचिवमा नियुक्त भएका हुन्। आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली थियो।
आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका छन्। नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए।