कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो। त्यतिवेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले नाै हजार ४३ मत ल्याएका थिए।

त्यति वेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य पाँच हजार ५०७ मतसहित दोस्रो स्थानमा रहेका थिए। माओवादीले भने त्यति वेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो। उनले त्यति वेला चार हजार ९० मत प्राप्त गरेका थिए।

सुझावित समाचार