नेपाल प्रिमियर लिग एनपिएलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले अर्धशतक बनाएका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याइरहेको जनकपुरबाट अनिलले ३४ बलमा ५० रन पूरा गरे । उनले यसक्रममा ६ चौका र दुई छक्का प्रहार गरे । जारी प्रतियोगितामा अनिल अर्धशतक बनाउने तेस्रो ब्याटर हुन् । समग्रमा उनी नेपाली पहिलो ब्याटर बनेका छन् ।
यसअघि विराटनगर किंग्सका मार्टिन गुप्टिल र जनकपुरका लहिरु मिलान्थाले अर्धशतक बनाएका थिए ।