जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन्।
लामिछाने चार हजार २७२ मत ल्याएर विजयी भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विजयी लामिछाने पत्रकारिता हुँदै राजनीतिमा आएकी हुन्।
कांग्रेसकी इन्द्रा चन्द सिंहले तीन हजार १४७ मत ल्याउँदा एमालेकी सुनिता बोहराले दुई हजार २४२ मत ल्याएकी छिन्। नलगाड नगरपालिका उपप्रमुख पदमा यसअघि यहाँ माओवादीको सहयोगमा कांग्रेस विजयी भएको थियो।
यता जिल्लाको कुसे गाउँपालिका– ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।