महोत्तरीको रामगोपालपुर नगरपालिका– २ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा एमाले उम्मेदवार सकिबुल खान विजयी भएका छन्। एक हजार ५१४ मत खसेकोमा ६३१ मत ल्याई उनी विजयी भएका हुन्।
खानका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ५३४ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार मो. जनिफ खानले २८४ मत ल्याए।
यसैगरी, जसपाका मो. नजामुद्दिन खानले ३८, राष्ट्रिय जनता पार्टीका राजेशकुमार यादवले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीका खुर्शेद खानले चार, राप्रपाका मो. मन्नान खानले दुई तथा स्वतन्त्र उम्मेदवारहरू धीरेन्द्रप्रसाद यादव र अशोककुमार यादवले एक–एक मत ल्याए।