६ किलो आठ सय ४० ग्राम कोकिन लिएर आएकी केन्याली महिना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छिन्। हाते ब्यागमा रहेको खेलौनाभित्र लुकाएर उनले कोकिन तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल र भन्सार कर्मचारीले ‘वाक थ्रु गेट’को एक्सरे मेसिनमा झोला जाँच गर्ने क्रममा कोकिन पत्ता लागेको हो। उनी कतारबाट नेपाल आएकी थिइन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।