‘लिभिङ फर अदर’ अवार्ड केदार रायमाझीलाई

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

युनिभर्सल पिस फेडेरेसन (युपिएफ)द्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’लाई प्रदान गरिएको छ।

शनिबार साँझ अस्ट्रेलियाको जर्ज स्ट्रिट चिपेनडलमा आयोजित विशेष समारोहमा रायमाझीसहितका व्यक्तिलाई सम्मान गरिएको हो।

न्यू साउथ वेल्सस्थित नेपालका अवैतनिक महावाणिज्य दूत सञ्जीवकुमार शर्माले सम्मान प्रदान गरेका थिए। कार्यक्रममा युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष जोन एडमेडेसले नेपालीहरूमा रहेको सेवाभावको प्रशंसा गरे।

कार्यक्रम संयोजक सन्तोष न्यौपानेले यस प्रकारको कार्यक्रमले समाजमा भाइचारा र सहयोग आदानप्रदानको वातावरण अझ बलियो हुने बताएका थिए।

सुझावित समाचार