संवैधानिक इजलासको प्यानलमा शर्मा र सुवेदीको नाम सिफारिस

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

अबदेखि संवैधानिक इजलासमा न्यायाधीशद्वय विनोद शर्मा र सारंगा सुवेदी पनि बस्न सक्नेछन् । न्यायपरिषद्ले प्रधानन्यायाधीशसमक्ष दुवै न्यायाधीशको नाम सिफारिस गरेको हो । 

नेपालको संविधानको धारा १३७ मा पाँच सदस्यीय संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था छ । जसमा प्रधानन्यायाधीशसमेत न्यायपरिषद्को सिफारिसमा अन्य चारजना न्यायाधीश रहन्छन् । 

यसैका लागि शर्मा र सुवेदीको नाम पनि प्यानलमा राख्न परिषद्ले शुक्रबार सिफारिस गरेको हो । वरिष्ठताका आधारमा नाैजनासम्मको नाम संवैधानिक इजलासमा रहने प्यानलमा हुने गरेको छ । 

उक्त बैठकले ३ पुसमा न्यायपरिषद् दिवसका लागि पुरस्कृत तथा सम्मान गर्न समिति गठन गरेको छ । समितिको संयोजक वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन् भने परिषद् सदस्य रामप्रसाद भण्डारी र परिषद् सचिव यमबहादुर बुढामगर सदस्यसचिव छन् ।

सुझावित समाचार