यू–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको सामान्य लक्ष्य

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

यू–१९ एसिया कपअन्तर्गत बंगलादेशविरुद्ध जारी खेलमा नेपालले १४१ रनको योगफल बनाएको छ। ४५.४ ओभरमा अलआउट हुँदै नेपालले १४२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। ७७ बल खेलेका उनले पाँच चौकाको मद्दतले ४३ रन जोडेका हुन्। उत्तम मगर र अभिषेक तिवारीले समान २९ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उत्तमले ६९ बलमा र अभिषेकले ३५ बलमा २९ रन बनाएका हुन्।

बंगलादेशका अल फहद, इकवाल हुसैन इमोन, रिजन हुसैनले समान दुई–दुई विकेट लिँदा साद इस्लाम, रफी उज्जामन रफी र अजिजुल हकिमले एक–एक विकेट लिए।

सुझावित समाचार