निर्माणाधीन झोलुङे पुलको पर्खाल भत्किँदा पाँचजनाको मृत्यु

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

रोल्पामा झोलुङे पुलको रिटेनिङ वाल भत्किँदा पुरिएर पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सुनछहरी गाउँपालिका– ३, बाहिरी गामनिवासी ४५ वर्षीय दुजमन परियार, वर्ष ३१ का ओम परियार, २७ वर्षीया आइती परियार, ४० वर्षीया सवित्रा परियार र ६६ वर्षीया देवीराम परिवार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए । 

जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने गाजाधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खन्नेक्रममा पुरिएर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ९ः५० बजेको समयमा पहिरोमा पुरिएको खबर आउनासाथ प्रहरी चौकी गामबाट ५ जनाको टोली र इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । एल.बी. एण्ड पल्भी जक्सन निर्माण सेवाले काम गरिरहेको उक्त स्थानमा ७ जना कामदार रहेकोमा दुई जना भागेर बाँच्न सफल भएको स्थानीयले बताएका छन् ।

सुझावित समाचार