महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नं. २ को वडाध्यक्ष पदका लागि बिहानैबाट मतदान जारी छ । बिहान ९ बजेसम्म २५० भन्दा बढी मत खसिसकेको छ । यहाँ मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।
एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदानस्थल राखिएको छ । यस वडामा कुल मतदाता दुई हजार १४१ रहेकोमा महिला मतदाता ९४० र पुरुष मतदाता एक हजार २०१ रहेका छन् ।
मतदानस्थल र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सौहार्दपूर्ण रूपमा मतदान भइरहेको बताए।