नेपाल नेत्रहीन टि २० क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी रहेको प्रतियोगिताको चौथो स्थानमा रहँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता छ । सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । अब, नेपालले आइतबार हुने सेमिफाइनलमा लिग चरणमा शीर्ष स्थानमा रहेको घरेलु टोली पाकिस्तानको सामना गर्दै छ ।
आइतबार नै हुने अर्को सेमिफाइनलमा बंगलादेश र श्रीलंका खेल्दै छन् । पाकिस्तानको टोलीले नेपाललाई लिग चरणको खेलमा १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको हो ।
नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् । लिग चरणमा पहिलो चौथो टिम तथा दोस्रो र तेस्रोबिच सेमिफाइनल खेल हुनेछ ।