सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा २० मंसिरदेखि भैरहवामा हुने लागेको लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
सिद्धार्थनगर नगरपालिका अञ्चलपुरमा हुने महोत्सवका लागि आवश्यक अस्थायी संरचना निर्माण अन्तिम अवस्थामा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए। महोत्सवस्थलमा करिब ३५ लाख खर्च गरेर स्टलहरू निर्माण भइरहेका छन्।
आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले संघले महोत्सव आयोजना गरेको हो।
संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि ‘कलेज’ बन्ने बताए। उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले व्यापारसम्बन्धी ज्ञान पाउने जनाए।
महोत्सवमा करिब १० करोडबराबरको कारोबार हुने अपेक्षा संघको छ। यसअघि आठौँपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौँ महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ।