नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा लाहिरू मिलन्थाले अर्धशतक बनाएका छन्।
१२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुरको लागि अमेरिकी खेलाडी लाहिरूले ३९ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्। उनले ११.१ बलमा अर्धशतक बनाउँदै जनकपुर ८८ रन बनाएर २ विकेट गुमाएको थियो।
यसअघि प्रतियोगिताको पहिलो अर्धशतक विराटनगरका मार्टिन गप्टिलले बनाएका थिए।