बाढीले गरेको क्षतिका कारण सवा १२ अर्बको बिमा दाबी

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

१०–१२ असोजको बाढीपहिरो तथा डुबानबाट पुगेको क्षतिमध्येबाट निर्जीवन बिमा कम्पनीहरूमा पर्ने दाबी १२ अर्ब २६ करोड चार लाख रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणबाट प्राप्त १२ मंसिरसम्मको तथ्यांकले तीन हजार पाँच सय १९ वटा दाबी परेको उल्लेख गरेको छ । 

१४ ठुला र चार लघु निर्जीवन बिमा कम्पनीहरूमा आएको दाबी मात्रै हो । जीवन बिमा कम्पनीहरूमा आएको दाबीको विवरण उल्लेख गरिएको छैन । हालसम्म कम्पनीहरूले ७८ करोड ९३ लाख आठ हजार रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।

एक हजार २१५ संख्यामा कम्पनीहरूले सोबराबरको दाबी दिएका हुन् । पछिल्लो विपतबाट ग्राहकलाई परेको असरलाई दृष्टिगत गर्दै अग्रिम दाबी भुक्तानी पनि दिइरहेको नेपाल बिमक संघका अध्यक्ष क्षेत्रीले बताए । अन्तिम दाबी भुक्तानी भने सर्भेयरको प्रतिवेदनका आधारमा गरिने उनको भनाइ छ  ।

तथ्यांकअनुसार घर, भवन, सञ्चालित परियोजना (सम्पत्ति बिमा)बाट सबैभन्दा धेरै दाबी परेको छ । हालसम्म त्यसअन्तर्गत नौ अर्ब एक करोड ९५ लाख रुपैयाँबराबरको १७ सय १६ वटा दाबी परेका छन् । 

See More On

सुझावित समाचार