३० खर्बभन्दा बढीको लागतमा रियादमा मेट्रो ट्रेन सञ्चालन

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

साउदी अरबको महत्त्वाकांक्षी परियोजनाको रूपमा रहेको रियाद मेट्रो ट्रेन नेटवर्कको साउदी अरबका राजा सलमान विन अब्दुलाजिज अल–साउदले एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । 
साउदी अरबका राजा अल–साउदले एक कार्यक्रमबिच स्विच थिचेर मेट्रो ट्रेनको उद्घाटन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा बढ्दो चारपांग्रे सवारीसाधनको चापलाई मध्यनजर गर्दै र भविष्यमा विश्वभरका पर्यटनलाई आकर्षित गर्ने उद्देश्यले सुविधासम्पन्न मेट्रो ट्रेन निर्माण गरिएको हो ।

साउदी अरबले रियाद मेट्रो परियोजनालाई समृद्ध युगतर्फ अघि बढेको र पूर्वाधारको विकाससँगै सहरमा जीवनको गुणस्तर बढ्दै जाने विश्वासको रूपमा लिएको छ । यसले साउदी अरबको भिजन– २०३० को लक्ष्य र विश्वभरिका पर्यटकीय गन्त्वयको रूपमा विकसित सहरमा उभिने अपेक्षा गरिएको छ ।
 

विश्वको ठुलो लगानीको परियोजना

एकै चरणमा निर्माण गरी सञ्चालन गरिने रियाद मेट्रो विश्वको ठुलो लगानीको परियोजना रहेको छ । ६ लेनको यो मेट्रो ट्रेन १८४ किलोमिटर लम्बाइको रहेको छ । जसमा अन्डरग्राउन्डसहित ८४ वटा सुविधासम्पन्न वातानुकूलित स्टेसनहरू निर्माण गरिएको छ ।

साउदी अरब सरकारले यो परियोजनाको निम्ति २२.५ बिलियन डलर अर्थात् प्रचलित मूल्यअनुसार ३० खर्ब ३० अर्ब ३८ करोड ९१ लाख नेपाली रुपैयाँभन्दा बढीको रहेको छ ।
६ लेनमध्ये पहिलो चरणमा १ ब्लु लेन, ४ एल्लो लेन र ६ पर्पल लेन सञ्चालनमा आएको छ । त्यसैगरी, लेन २ रेड लेन र ५ ग्रिन लेन आगामी डिसेम्बर १५ र लेन ३ ओरेन्ज लेन जनवरी २०२५ मा सञ्चालनमा आउने बताइएकाे छ ।

साउदी अरबको मन्त्रिपरिषद्ले रियाद सार्वजनिक यातायात परियोजनालाई अनुमोदन गरेपछि निर्माण सुरु भएको थियो ।राजधानी रियाद सहरमा सार्वजनिक यातायात परियोजनालाई भविष्यमा थप व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी रोयल कमिसन अफ रियाद सिटी आरसिआरसीले अध्ययन गरेको थियो ।

सोहीअनुरूप राजधानी रियादमा सुविधासम्पन्न मेट्रो ट्रेन र बस सञ्चालन गर्ने निर्णय सन् २०१३ मा गरियो । ग्लोबल बोलपत्रमार्फत १३ देशका १९ वटा कम्पनी मिलेर तीनवटा कन्सोर्टियम बनाएर रियाद मेट्रो ट्रेनको काम अघि बढाएको हो ।

तीनवटा जेभिए कन्सोर्टियममा बाप्स बेचटेल–अलमावानी जेनरल कन्ट्याक्टस– कन्सोलिडेट्स कन्ट्याक्टर कम्पनी (सिसिसिसिएमेन्स, एएनएममा बिडिल्ड–एलएनटी–नेस्मा) र फास्टमा–एफसिसी–एटकिन्स–अलस्टोम–सामसुङ सी एन्ड टी लगायतका कम्पनी मिलेर मेट्रो ट्रेनको काम सन् २०१४ बाट अघि बढेको थियो ।

सुझावित समाचार