सत्तारूढ दलको शक्ति प्रदर्शनले मारमा नागरिक [तस्बिरहरू]

शुक्रबार, ७ मंसिर, २०८१
डिजिटल संस्करण

सत्तारूढ दल नेकपा एमालेले दरबारमार्गमा शक्ति प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने एमालेको तयारीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो।

अहिले काठमाडौंका मुख्य स्थानहरू न्युरोड, सहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ।

एमालेको शक्ति प्रदर्शनका कारण आमनागरिकले भने दुःख पाएका छन्। ‘हाम्रै भोटले उनीहरू सरकारमा गए, अहिले आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन्। आखिर यो शक्ति प्रदर्शन केका लागि ?’ सुन्धारामा भेटिएका एक सर्वसाधारणले भने।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार