उदयपुरमा ट्याक्टर र मोटरसाइकल एक–आपसमा ठोक्किँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन् ।
मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टारखण्डमा पर्ने त्रियुगा नगरपालिका– १३ असारीमा प्रदेश १–०५–००१ प.४२६ र विपरीत दिशाबाट आउँदै गरेको स.१त५७४२ नम्बरको ट्याक्टर एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी त्रियुगा नगरपालिका– १३ निवासी ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परेर मृतक चौधरीका १० वर्षीय छोरा कृष्ण चौधरी र १५ वर्षीय छोरा दिवाकर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईंले जानकारी दिए।
चौधरीका घाइते छोराहरूको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको डिएसपी चापागाईंले बताए । प्रहरीले ट्रयाक्टर चालक ३२ वर्षीय राजन बोटे र सहचालक सोही ठाउँका २४ वर्षीय अनिल सदालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।