फर्मासिस्ट र फार्मेसी सहायकलाई सेतो एप्रोन अनिवार्य

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

आगामी ४ पुसदेखि फर्मासिस्ट र फार्मेसी सहायकलाई नामट्यागसहितको सेतो एप्रोन अनिवार्य गरिएको छ । नेपाल फार्मेसी परिषद्ले बुधबार सूचना जारी गर्दै फर्मासिस्टलाई एप्रोन अनिवार्य गरेको जानकारी गराएको हो ।

परिषद्ले डिस्पेन्सिङ गर्दा नामट्यागसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने र पालना नगरेको पाइएमा ऐनअनुसार कारबाही गरिने जनाएको छ । ‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी ४ पुसदेखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्यागसहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ । फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ,’ परिषद्ले जारीको सूचनामा भनिएको छ ।

फर्मासिस्टले हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायकले नीलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्ने जनाइएको छ । 
 

See More On

सुझावित समाचार