ललितपुरमा एभोकाडो टिप्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका– ११ प्याङगाउँ बस्ने ४५ वर्षीय पुष्प महर्जनको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो।
छिमेकीको घरको कम्पाउन्डमा रहेको एभोकाडोको फल झार्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू अस्पताल धापाखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।