फिल्म ‘डोरी’मा अञ्जना बराइली मुख्य भूमिकामा

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

मंसिर दोस्रो साता फ्लोरमा जाने तयारीमा रहेको नेपाली चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छिन्।

प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘पूर्णबहादुरको सारंगी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए।

अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन्। जी सेभेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्रसिंह कुशवाहलगायत प्रवेश गरेका थिए। हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन्। यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाइएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। यसमा संगीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।

सुझावित समाचार