पुलिससँग अंक घटाउने मौका मनाङले चुकायो

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

मनाङ मर्स्याङ्दी क्लब ललित स्मृति एन्फा यू–१८ युथ लिगको शीर्ष स्थानमा नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउने अवसरबाट गुमाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार मनाङले चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा खेल्दै अवसर शीर्ष स्थानमा अंक घटाउने मौका चुकाएको हो । बराबरी नतिजासँगै मनाङले १० खेलमा १९ अंक बटुलेको छ । मनाङ दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पुलिसभन्दा मनाङ चार अंकले पछाडि छ । 

प्रतियोगितामा पुलिस अप्रत्याशित रूपमा एनआरटीसँग ४–२ ले स्तब्ध भएको थियो । लिगमा पुलिसको यो पहिलो हार थियो । यसैगरी, बराबरीपछि चर्च ब्वाइजले पनि पाँचौँ स्थानमा उक्लिने अवसर गुमाएको छ । चर्च ब्वाइज १४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । लिगको दोस्रो खेलमा खुमलटारले अन्तिम समयमा सम्हालिन नसक्दा त्रिभुवन आर्मी जित निकाल्न वञ्चित भयो । 

प्रतिस्पर्धाको ९० मिनेटसम्म खुमलटार १–० ले अगाडि थियो । इन्जुरी समयमा खुमलटारले आर्मीविरुद्ध कमजोर डिफेन्स रणनीति अपनाउँदा गोल व्यहोरेको थियो । जसकारण नै खुमलटारले इन्जुरी समयमा स्पष्ट तीन अंकसमेत गुमायो । बराबरीसँगै पुछारमा रहेको खुमलटारले अंक बढाउने अवसर गुमायो । 

१० खेल सकिँदा खुमलटारले चार अंक जोडेको छ । पछिल्लो खेलमा खुमलटारले सातदोबाटो युवा क्लबमाथि ४–० को फराकिलो जित निकालेको थियो । खुमलटारले ८७औँ मिनेटमा सागर तामाङको सहयोगमा १–० को अग्रता  लियो । आर्मीलाई इन्जुरी समयमा भुवन कामीले १–१ को बराबरीमा ल्याए । 

See More On

सुझावित समाचार