पृथ्वी राजमार्गको गोरेचौतारामा दुईवटा बस ठोक्किँदा २९ जना घाइते

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५, नयाँपुल गोरेचौतारामा आज दिउँसो दुईवटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्। गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठाेक्किँदा २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ।

हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।     

 

सुझावित समाचार