पाटनमा ३८४ वर्षदेखि चलिरहेको कात्तिक नाच [भिडियाे]

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

पाटन दरबार क्षेत्रमा ३८४ वर्षदेखि कात्तिक नाच हुँदै आएको छ। नेपाल संवत् ७६१ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ। कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविद्हरू बताउँछन्।

कात्तिक नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर भगवान् विष्णुका १७ कथासँग जोडिएका लीलाअनुसारका नाच देखाइन्छ। आज यो वर्षको कात्तिक नाचको अन्तिम दिन हो।

भिडियोमा हेर्नुस् कात्तिक नाच :

सुझावित समाचार